logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादीका ५० जना नेताको घटुवा

माओवादीका ५० जना नेताको घटुवा


  • आइतबार, माघ २८ २०८०

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका ५० जना नेताको घटुवा  गरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका ५० जना नेताको घटुवा गरिएको जानकारी गराइएको हो । पार्टीको कोशी प्रदेशमा रूपान्तरण अभियानमा नगएका ५० जनालाई घटुवा गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए , यस्तै उनले ७५ हजार पार्टी सदस्य नवीकरण भएको पनि बताए ।

    कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले कोशी प्रदेश नामकरणले संगठनमा तरंग ल्याएको बताए । आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको तर्फबाट रिपोर्टिङ गर्दै उनले कोशी नामकरणले पार्टी संगठनमा समस्या निम्तिएको ब्रिफिङ गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय