logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादलाई विकास गरी नयाँ समाजवादी विचार निर्माण गर्नु आवश्यक छ : गिरिराजमणि पोखरेल

माओवादलाई विकास गरी नयाँ समाजवादी विचार निर्माण गर्नु आवश्यक छ : गिरिराजमणि पोखरेल


  • आइतबार, माघ २८ २०८०

  • काठमाडौँ । नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समितिका इन्चार्ज गिरिराजमणि पोखरेलले माओवाद विचारलाई विकास गरेर नयाँ समाजवादी विचार निर्माण गर्नुपर्ने बताएका छन् ।

    आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्टिङ गर्दै उनले नयाँ विचार बनाउनुपर्ने धारणा राखेका हुन् ।पछिल्लो समय प्रतिगामी शक्तिहरू सलबलाउन थालेको तर्फ इंगित गर्दै उनले अभियान जारी राख्नुपर्ने बताएका छन् । अभियानले समग्रमा पार्टीलाई सुदृढ र चलायमान बनाउन भूमिका खेलेको उनको निष्कर्ष रहेको छ ।

    बैठकमा उनीसहित उपत्यका विशेषका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की र गण्डकी प्रदेशका देवेन्द्र पौडेलले रिपोर्टिङ गरिसेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय