logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अरुण चौधरीलाई अदालतले रिहा गरेकोमा गृहमन्त्री असन्तुष्ट

अरुण चौधरीलाई अदालतले रिहा गरेकोमा गृहमन्त्री असन्तुष्ट


  • आइतबार, माघ २८ २०८०

  • काठमाडौँ । उद्योगी अरुण चौधरीलाई अदालतले ‘हाजिर जमानी’ मा छाड्न आदेश गरेकोमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै श्रेष्ठले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

    ‘अदालतले दुई दिनभित्र अनुसन्धान सकेर छाड्नु भनेर आदेश गरेको थियो यस्तो आदेश इतिहासमा कुनै अदालतले पनि गरेको थिएन’ बैठकमा उनले भने– ‘तर, हामी मान्छौँ ।’  बाँसबारीको १० रोपनी जग्गा घोटाला प्रकरणका आरोपीलाई छाडे पनि सरकारले मुद्दा नछाडेको श्रेष्ठले बताए । उनले भने– ‘आरोपी बाहिर भए पनि अनुसन्धान चलिरहेको छ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय