काठमाडौंँ । गायक भुवन थापामगरको नयाँ गीत ‘सानू तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ । न्यु सागर लामा, बबिता पोखरेल र आशिष भुजेलको अभिनय रहेको भिडिया भुवन टिएम नामक युट्युव च्यानलमार्फत आएको हो । सुरेन बसेलको निर्देशन रहेको भिडियोमा युवा, युवतीबिचको त्रिकोणात्मक प्रेम तथा छुट्टिनु पर्दाको पीडा देखाइएको छ । लामो समयदेखि कलाकारितामा सक्रिय न्यु सागरले भिडियोमा कुशल प्रेमीदेखि असल सन्ततीसम्मको भूमिका निर्वाह गरेका छन् ।
नृत्यमा पारंगत न्यु सागर अभिनय तथा मोडलिङमा समेत उत्तिकै सक्रिय छन् । डिपी खनाल र शंकर थापा स्माइलको शब्द तथा संगीत रहेको गीतको भिडियो सुविन गोदारले खिचेको हुन् । रोहित बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ राकेश दाहालले गरेका हुन् ।