logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत


  • शनिबार, माघ २७ २०८०

  • इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतङ्कवाद विरोधी अदालतले मे ९ मा भएको दङ्गासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ वटा मुद्दामा जमानत दिइएको छ ।

    खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी सङ्ग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत दिइएको छ । एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाई गरेका थिए । अदालतले पीटीआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय