logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अनिल शाहले तोडे आसिफ शेखको कीर्तिमान

अनिल शाहले तोडे आसिफ शेखको कीर्तिमान


  • शनिबार, माघ २७ २०८०

  • काठमाडौँ । नेपालका ओपनर ब्याट्सम्यान अनिल शाहले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

    क्यानडाविरुद्ध शनिबार खेलिएको दोस्रो खेलमा अनिलले केवल २० बलमा ५० रन बनाएका हुन् । उनी अर्धशतक बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल तीन छक्का र सात चौका पनि प्रहार गरेका थिए ।

    अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय