logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भ्रष्टाचार गर्नेहरुलाई समात्दा राजनीतिक दबाब आउँछः गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार गर्नेहरुलाई समात्दा राजनीतिक दबाब आउँछः गृहमन्त्री श्रेष्ठ


  • शुक्रबार, माघ २६ २०८०

  • काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जालसाझी, ठगी, भ्रष्टाचार गर्नेहरुलाई समात्दा वक्तव्यबाजी गर्ने र राजनीतिक दबाब दिने काम नगर्न आग्रह गरेका छन् ।

    शुक्रबार अध्यागमन विभागको ई–भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री श्रेष्ठ भ्रष्टाचार गर्नेहरुलाई नसमातेर सडक पेटीमा व्यापार गर्नेहरु, गरिब सुकुम्बासीलाई समात्ने हो? भन्दै प्रश्न गरे।उनले भने,‘…कतिपय साथीहरुले खुट्टा नकाँप्नुस् भन्नुहुन्छ। राजनीतिक नेताहरुलाई उनीहरुले गरेका जालसाझी, ठगी वा गुटको निम्ति कारबाही गर्न थाल्यो, राजनीतिक दलका नेताहरु कराउने, त्यो गर्न पाइन्न भनेर।’उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनसको पक्षमा अघि बढ्दा व्यवधान निकाल्न नहुने कुराको खबरदारी गर्न सचेत गराए।

    उनले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने पनि बताए। उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय