logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सुन तस्करीबारे बयान दिन पूर्व सभामुख महरा सिंहदरबारमा

सुन तस्करीबारे बयान दिन पूर्व सभामुख महरा सिंहदरबारमा


  • बिहिबार, माघ २५ २०८०

  • काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगको आग्रहमा उनी सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा पुगेका हुन् । आयोगको कार्यालय पुरानो गृह मन्त्रालयमाको भवनमा छ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ ।

    सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए । सीआइ्र्रबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् । पूर्व सभामुख महराको बयान जारी रहेको सुन तस्करी जाँचबुझ आयोगका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय