logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

१२ वर्षमा साढे २ लाखभन्दा बढीलाई डायलिसिस सेवा

१२ वर्षमा साढे २ लाखभन्दा बढीलाई डायलिसिस सेवा


  • बुधबार, माघ २४ २०८०

  • काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ वर्षमा साढे २ लाखभन्दा बढीले डायलिसिस सेवा लिएका छन् । १२ वर्षमा २ लाख ५२ हजार ७६ जनाले सो सेवा लिएका हुन् । केन्द्रका अनुसार ३७ हजार ७ सय ९९ जनाले पैसा तिरेर सेवा लिएका हुन् भने २ लाख १४ हजार २ सय ७७ जनाले निःशुल्क डायलिसिस सेवा लिएका हुन् ।

    सो केन्द्रबाट १२ सय ५ जनाले मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छन् । केन्द्रका अनुसार एक हजार एक सय ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय