logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

६ महिनामा १९ अर्बको औषधि र खोप भित्रियो

६ महिनामा १९ अर्बको औषधि र खोप भित्रियो


  • बुधबार, माघ २४ २०८०

  • काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब रुपैयाँको औषधि र खोप नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको हो ।

    सो मूल्य बराबर आयात ९५ लाख ९० हजार २८६ किलो औषधि र ३७ लाख ५७  हजार ७५१ पिस खोप आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । १६ अर्ब ९० करोड ८९ लाख ५७ हजार रुपैयाँको ९५ लाख ९० हजार २८६ किलो औषधि र ३ अर्ब ५ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबर ३७ लाख ५७  हजार ७५१ पिस खोप आयात भएको हो ।

    सो बापत् सरकारले ९६ करोड २६ लाख १६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । यी औषधि भारत, अमेरिका, जापान, बेल्जियम, चीन, इन्डोनेसिया, इटाली, पाकिस्तान, अस्ट्रेलिया लगायत विभिन्न मुलुकबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय