logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

दुई उद्यमी युवाले पाए विश्वविद्यालय अनुदान आयोगको ४० लाख बराबरको बीज रकम

दुई उद्यमी युवाले पाए विश्वविद्यालय अनुदान आयोगको ४० लाख बराबरको बीज रकम


  • बुधबार, माघ २४ २०८०

  • काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित प्रेसिडेन्सी कलेज अफ मेनेजमेन्ट साइन्समा अध्ययनरत दुई विद्यार्थीले ४० लाख बराबरको बीज रकम अवार्ड पाएका छन् । उक्त कलेजको एमबीएमा अध्ययनरत ई. प्रवीण काफ्ले र संगिन सापकोटाले विश्वविद्यालय अनुदान आयोगको इन्टरप्रेनरसिप सपोर्ट प्रोग्राम अन्तर्गत ४० लाख बराबरको बीज रकम अवार्ड पाएका हुन् ।

    वर्तमान सन्दर्भमा नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि पलायन भइरहेको सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीहरूमा उद्यमशीलता विकास गर्ने र स्वदेशमै अवसरहरूको सिर्जना गर्नको लागि यो खालको कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याएको जनाइएको छ । देशभरबाट कुल ४२ प्रतिस्पर्धीले आफ्नो योजना प्रस्तुतीकरण गरेपश्चात् अन्तिम बीज रकमको लागि कुल २१ जनाको नाम सार्वजनिक भएको छ ।  जसमध्ये प्रेसिडेन्स कलेज अफ म्यानेजमेन्ट साइसेन्स भरतपुर, एनसीआईटी कलेज काठमाडौँ, बागेश्वरी कलेज भक्तपुर, पुलचोक क्याम्पस ललितपुर लगायत करिब १ दर्जन क्याम्पस/कलेज रहेका छन् ।

    विश्वविद्यालय अनुदान आयोगले बोकेका विभिन्न चरणका प्रक्रियाहरू सम्पन्न गरी प्रेसिडेन्सी कलेजका अन्य थप २ जना (प्रबिना शाह ( आर्ट स्पेस) ले ३५ लाख र सन्तोष कँडेल (मेरो किनमेल) ले पनि २४ लाख बीज रकम प्राप्त गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय