logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

सोनाले र्‍यापरहरुसँग मिलेर ल्याइन् ‘आइ एम द सुपरस्टार’

सोनाले र्‍यापरहरुसँग मिलेर ल्याइन् ‘आइ एम द सुपरस्टार’


  • मंगलबार, माघ २३ २०८०

  • काठमाडौँ । गायिका सोना अमात्यले र्‍यापर गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यमा गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र सङ्गीत छ । गीतको भिडियोमा गायिका सोना, र्‍यापर गिरिश खतिवडा र बुलेट फ्लोको अभिनय छ । विशाल खरातको निर्देशन रहेको भिडियो आलोक शुक्लाले छायांकन गरेका छन् ।

    निर्देशक विशालकै सम्पादन रहेको भिडियोमा प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी छ । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीत श्रोताको रोजाइमा पर्ने विश्वास आफूले लिएको गायिका सोनाले बताइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय