logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

‘द्रौपदी’का लागि दिए ४१६ जनाले अडिसन

‘द्रौपदी’का लागि दिए ४१६ जनाले अडिसन


  • आइतबार, माघ २१ २०८०

  • काठमाडौँ । ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म हो ‘द्रौपदी’ । केही दिन अगाडि निर्माण घोषणा भएको फिल्मको शनिबार र आइतबार कलाकार छनौट अडिसन भएको छ । जसमा ४१६ जनाले अडिसन दिएका छन् ।  दुई दिनको अडिसनमा थुप्रैले अडिसन दिएपनि कलाकार छनौट भने बाँकी रहेको निर्देशक ऋषीराज आचार्यले बताए ।

    निर्माण टिमसँगको सल्लाह अनुसार अडिसनमा सहभागी भएका मध्यबाट फिल्मका लागि कलाकार छनौट गर्ने उनले सुनाए । आचार्यका अनुसार कलाकार छनौटपछि फिल्मको वर्कसप हुनेछ र त्यसपछि छायांकनमा निस्कने छ ।फिल्मको शीर्षक ‘द्रौपदी’ भएपनि फिल्म देशको यथार्थपरक कथामा बन्न लागेको हो । कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको फिल्म महिला प्रधान हुनेछ ।

    आर.बी मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ । अहिले चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्य रहेका आचार्यले ‘मिस्टेक’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘चुरीफुरी’ गरेर ५ फिल्म निर्देशन गरिसकेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय