logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

दोस्रो पालीमा २५५ रनमा समेटियो भारत, इङ्ल्यान्डले पायो ३९९ रनको लक्ष्य

दोस्रो पालीमा २५५ रनमा समेटियो भारत, इङ्ल्यान्डले पायो ३९९ रनको लक्ष्य


  • आइतबार, माघ २१ २०८०

  • काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबार घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा दुई सय ५५ रन बनाउँदै अलआउट भएको छ । अब भ्रमणकारी टोली इङ्ल्यान्डले भारतलाई हराउन दोस्रो पालीमा तीन सय ९९ रन बनाउनु पर्नेछ । दोस्रो पालीमा भारतका लागि युवा ब्याट्सम्यान शुभमन गिलले शतकीय पाली खेले ।

    तेस्रो नम्बरमा क्रिज समाल्न आएका गिलले एक सय चार रन बनाए । उनले एक सय ४७ बलको सामना गरी दुई छक्का र ११ वटा चौका पनि हिर्काए ।अक्सर पटेलले पनि टोलीको खातामा ४५ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान पटेलले ८४ बलमा ६ चौका पनि प्रहार गरे । रविचन्द्रन आश्विनले २९ रन बनाए । श्रेयस ऐयर पनि २९ रनमै पेभेलियन फर्किएका थिए ।ओपनर यशस्वी जैसवाल १७ र कप्तान रोहित शर्मा १३ रनमा आउट भए । दोस्रो पालीमा भारतका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका बलर टम हर्टलीले चार विकेट लिए । रेहन अहमदले पनि तीन विकेट हात पारे । जेम्स एन्डर्सनले दुई र सोएब बसिरले एक विकेट लिए ।

    दोस्रो टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा तीन सय ९६ रन बनाएको थियो । पहिलो पालीमा भारतका लागि यशस्वी जैसवालले दुई सय नौ रन बनाएका थिए । इङ्ल्यान्ड भने पहिलो पालीमा दुई सय ५३ रन बनाउँदै अलआउट भएको थियो । शृंखलाको पहिलो टेस्टमा इङ्ल्यान्डले भारतलाई हराएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय