logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

संसद् बैठकको पूर्व सन्ध्यामा सभामुख घिमिरेले गरे संसद् भवनमा तयारी अवलोकन

संसद् बैठकको पूर्व सन्ध्यामा सभामुख घिमिरेले गरे संसद् भवनमा तयारी अवलोकन


  • आइतबार, माघ २१ २०८०

  • काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशन सुरु हुनु पूर्व संसद् भवनको अवलोकन गरेका छन् । आइतबार दिउँसो नयाँ बानेश्वरस्थित संसदमा भवनमा पुगेर उनले भौतिक तथा प्राविधिक व्यवस्थापनबारे अवलोकन गरेका हुन् ।

    सभामुखसँगै सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय लगायतका संसद् सचिवालयका कर्मचारी संसद् भवन पुगेका छन् । संसद् सचिवालयका कर्मचारीहरूले सदनको व्यवस्थापनबारे सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय