logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • आइतबार, माघ २१ २०८०

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय