logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आहा राराको उपाधि आर्मीलाई, थ्रिस्टार स्तब्ध

आहा राराको उपाधि आर्मीलाई, थ्रिस्टार स्तब्ध


  • शनिबार, माघ २० २०८०

  • काठमाडौँ । पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्ड कपको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले उचालेको छ । शनिवार पोखरा रङ्गशालामा भएको फाइनलमा पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई ३-० गोलअन्तरले हराउँदै पहिलो पटक उपाधि जितेको हो । आर्मीका लागि पहिलो गोल क्याप्टेन गिलेस्पी जंग कार्कीले ३८ मिनेटमा गरेका थिए । दोस्रो गोल आर्मीका फत्तेमान घलेले ८३ मिनेट र वसन्त जिम्बाले इन्जुरी समयमा गोल थपे ।

    आर्मी यसअघि ४ पटक फाइनल पुगे पनि उपाधि विहीन थियो । २०६५, ०६६, ०७२ र ०७५ मा फाइनल पुगेको थियो ।  थ्रिस्टारले २०६३, ०६७, ०६९, ०७१ र ०७५ मा उपाधि जितेको थियो । शनिवारको खेलमा आर्मीले ५ वर्षअघिको बदला फर्कायो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय