logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


  • शनिबार, माघ २० २०८०

  • काठमाडौँ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा तनहुँमा एक जना युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं.०६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो । शनिबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए ।

    माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमाललाई तत्काल उपचारको लागी जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा तनहुँ ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उपचारको क्रममा डाक्टरद्वारा उनलाई मृत घोषणा गरेका थिए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खाँणको भनाई छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय