logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति


  • बिहिबार, माघ १८ २०८०

  • काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको हो।

    ब्यूरोको टोलीले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो । उनलाई पनि ४ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय