logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुपर मार्केटभित्र जुवातास खेलिरहेका ११ जना पक्राउ

सुपर मार्केटभित्र जुवातास खेलिरहेका ११ जना पक्राउ


  • बुधबार, माघ १७ २०८०

  • काठमाडौँ । बनेपा नगरपालिका-४ त्रिवेणीचोक बस्ने सबिन नेपालीले सञ्चालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ४० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय