logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गायक पाण्डेको ‘माया यस्तै हुँदो रहेछ’ गीत सार्वजनिक

गायक पाण्डेको ‘माया यस्तै हुँदो रहेछ’ गीत सार्वजनिक


  • मंगलबार, माघ १६ २०८०

  • काठमाडौँ । गायक कृष्ण पाण्डेको नयाँ गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक भएको छ । प्रेम वियोगको भाव समेटिएको गीतको भिडियोमा गायक स्वयम्को अभिनय देख्न सकिन्छ ।

    हस्त गौतमको शब्द, मनोज चौलागाईंको  संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको छ ।  आशिष नेपालको छायांकन तथा निर्देशन रहेको भिडियो  काठमाडौँका रमणीय स्थलमा छायांकन भएको छ ।

    क्लासिकल संगीतका विद्यार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी,  जे जे पर्छ पर्छ, लगायतका गीत बजारमा आएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय