logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवरको पर्वतीय उडान

श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवरको पर्वतीय उडान


  • सोमबार, माघ १५ २०८०

  • काठमाडौँ । श्री एयरलाइन्सले सोमबार नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान सम्पन्न गरेको छ । नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको एयरलाइन्सले जनाएको छ ।

    टेमुप ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज र पठिल होलिडेज् काठमाडौँसँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ । उक्त उडान क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

    उनका अनुसार ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिनेछ ।साथै आगामी दिनमा नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौँ ल्याई पशुपति समेत दर्शन गराउने योजना रहेको एयरलाइन्सले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय