logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान २०८० प्रदान गरिने

गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान २०८० प्रदान गरिने


  • आइतबार, माघ १४ २०८०

  • काठमाडौँ-विन्ध्यावासिनी फाउण्डेसनले गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न २०८० बाट सम्मान गर्ने भएको छ। फाउण्डेसनको दशौँ वार्षिक भेलाले डोटेललाई २५ हजार रुपैयाँ राशिसहित सम्मान प्रदान गर्ने निर्णय गरेको हो।म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट अग्रज गायिका मीरा राणा सम्मानित हुँदैछिन्। डोटेलका बनकी चरि के भन्छे,सानुमाया,मेरो बोली सुन्दालगायत गीत चर्चित छन्।

    राणालाई नगद एक लाख रुपैयाँ राशिसहित सम्मान प्रदान गर्ने आयोजकले जनाएको छ। विन्ध्यावासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द रायमाझी सम्मानित हुँदैछन्।लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ।म्युजिक अवार्डको १४ औँ संस्करण आगामी चैत १ गते गर्ने तय भएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय