logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गठबन्धनमा उलटफेर ल्याउने एमालेको प्रयास असफल बनाइयोः माधव नेपाल

गठबन्धनमा उलटफेर ल्याउने एमालेको प्रयास असफल बनाइयोः माधव नेपाल


  • आइतबार, माघ १४ २०८०

  • काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरेका छन्।सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको भनाइ थियो।

    आइतबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताए।उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय