logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुटवल उपमहानगरपालिकाले ल्यायो नयाँ नगर प्रतीक चिन्ह

बुटवल उपमहानगरपालिकाले ल्यायो नयाँ नगर प्रतीक चिन्ह


  • आइतबार, माघ १४ २०८०

  • काठमाडौँ ।  बुटवल उपमहानगरपालिकाले नयाँ नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ ।उपमहानगरले आइतबारदेखि बुटवलको इतिहास झलकसहितको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह उपमहानगरले प्रचलनमा ल्याएको छ ।

    प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने छ । नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणी मुकुन्दसेन, बुटवल सहर, तिनाउ नदीजस्ता सङ्केतहरू रहेका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय