logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तारकेश्वरको पसलमा आगलागी, लाखौँको क्षति

तारकेश्वरको पसलमा आगलागी, लाखौँको क्षति


  • आइतबार, माघ १४ २०८०

  • काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डसना र माछा पसलमा शनिबार दिउँसो आगलागी भएको हो ।

    प्रहरीका अनुसार आगलागीबाट नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय