logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौँको खाजा घरमा जुवातास खेलिरहेका १७ जना पक्राउ

काठमाडौँको खाजा घरमा जुवातास खेलिरहेका १७ जना पक्राउ


  • शनिबार, माघ १३ २०८०

  • काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा १७ जना पक्राउ परेका छन् । गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सोलुखुम्बु काकु गाउँपालिका-५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ५० रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय