logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विकास निर्माणका काममा वर्तमान सरकार असफल: महासचिव पोखरेल

विकास निर्माणका काममा वर्तमान सरकार असफल: महासचिव पोखरेल


  • शनिबार, माघ १३ २०८०

  • काठमाडौँ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । नेकपा एमाले बागलुङले शनिबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए।

    उनले राजश्व संकलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए।आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी संगठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए।राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरूलाई आग्रहसमेत गरे।


    सम्बन्धित समाचार थप

    लोकप्रिय