logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पार्टीको अभियान सुरु भएकै दिन कांग्रेस महामन्त्री थापा भने छुट्टै अभियानमा

पार्टीको अभियान सुरु भएकै दिन कांग्रेस महामन्त्री थापा भने छुट्टै अभियानमा


  • शनिबार, माघ १३ २०८०

  • काठमाडौं- नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु हुँदैछ । स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडास्तरबाटै कार्यान्वयन गराउन पहल गर्नेगरी अभियान सञ्चालन गर्न लागेको कांग्रेसले जनाएको छ।वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गर्ने पार्टीको तयारी छ।

    केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाइएको छ।केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा छ हजार ७४३ वटै वडामा प्रतिनिधि खटाउने तय भएको छ।अभियान नेता स्व. सुशील कोइरालाको स्मृति दिवसका दिन माघ २६ गते समापन हुने कांग्रेसले जनाएको छ।

    यता महामन्त्री गगन थापा भने आफ्नो छुट्टै यात्रामा निस्किने भएका छन्। उनी मेची-महाकाली संवाद यात्रामा निस्किन लागेका हुन्।उनको यात्रा झापाको छोटी भन्सारमा आज सुरु हुनेछ। एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने थापाले जनाएका छ्न। तर पार्टी अभियानका बेला छुट्टै नाम दिएर यात्रा शुरु गरेपछि कांग्रेसमा उनको आलोचना भएको छ।महामन्त्री थापाले भने ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नै यात्रा शुरु गर्न लागेको प्रतिक्रिया दिएका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय