logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा मृत फेला 

ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा मृत फेला 


  • शनिबार, माघ १३ २०८०

  • काठमाडौँ । ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा मृत फेला परेका छन् । लन्डनस्थित हेज  क्षेत्रका प्रहरीले २० जनवरीमा उनको शव फेला पारेको थियो । शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो ।अन्ततः  दूतावासको पहलमा मृतक तामाङको परिवारसँग सम्पर्क भएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालले  जानकारी दिए ।

    केहि समय अगाडि स्किल भिसा अन्तर्गत बेलायत आएका तामाङ पछिल्लो समय परिवारका सदस्यसँग पनि सम्पर्कविहीन रहेका थिए ।उनको मृत्युको वास्तविक कारण पत्ता नलागेको र यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । उनको शव बुझ्ने र नेपाल पठाउने वा बेलायतमा नै अन्त्येष्टि गर्ने सबन्धमा मृतकका परिवारसँग दूतावासले पहल गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय