logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गुड्दागुड्दै गरेको बस बानेश्वरको सडकमा भासियो

गुड्दागुड्दै गरेको बस बानेश्वरको सडकमा भासियो


  • शुक्रबार, माघ १२ २०८०

  • काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।

    सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।

    यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

    काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो ।

    हरेक वर्ष वर्षायाममा नयाँबानेश्वर चोकमै पानी जम्ने गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय