logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपाली बालक लोयाङ शेर्पाले जर्जियामा जिते ‘वर्ल्ड राइजिङ स्टार’को उपाधि

नेपाली बालक लोयाङ शेर्पाले जर्जियामा जिते ‘वर्ल्ड राइजिङ स्टार’को उपाधि


  • बुधबार, माघ १० २०८०

  • काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’ मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै उपाधि जितेका हुन् ।

    ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले यो राउन्डको अवार्ड पनि सुरक्षित गरे । सहभागी एन्जलबाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जिते । उनीहरु प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोयाङले उपाधि जित्दा खुसी लागेको बताए । ‘मैले धेरै स्थानमा स्टेजमा उपस्थिति जनाइसकेको छु । त्यसकारण जर्जियाको प्रतियोगितामा स्टेजमा उभिंदा डर लागेन,’ उनले भने ।

    शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक बख्खु लगाएका थिए । उनले आफूले त्यहाँ धेरै साथी बनाएकाले उनीहरुलाई नेपाल आउन निम्तो पनि दिएको पनि सुनाए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय