logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


  • बुधबार, माघ १० २०८०

  • काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

    बुधवार साँझ भएको दुर्घटनामा ज्यान गुमाउने ओम केसी पाण्डुबजारका स्थानीय हुन् । सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश–०२–०२१ प ९०३२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । मृतक मोटरसाइकल चालक हुन् । स्कुटर चालक सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय