logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता

भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता


  • मंगलबार, माघ ९ २०८०

  • काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको छ । पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले  बताए ।

    भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख हमालले जानकारी दिए । उनीहरू कतार, दुबई र बहराइन जान लागेका हुन् । भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय