logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

३३ किलो सुन प्रकरणमा मुछिएका व्यवसायी पोद्दारसहित १७ जना विरुद्ध मुद्दा दर्ता

३३ किलो सुन प्रकरणमा मुछिएका व्यवसायी पोद्दारसहित १७ जना विरुद्ध मुद्दा दर्ता


  • मंगलबार, माघ ९ २०८०

  • काठमाडौं- व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।यसअघि ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा अदालतमा मुद्दा दर्ता भएको हो ।उनीहरू विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेश गरेको रायसहितको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गरिएको‍ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

    पोद्दारले अर्का व्यवसायी रुपेश श्रेष्ठसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।यस प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ ।

    फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् ।यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि मुछिएका पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय