logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्र बैंकले आज साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

राष्ट्र बैंकले आज साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने


  • सोमबार, माघ ८ २०८०

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

    बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकले जनाएको छ ।इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।  यसअघि केन्द्रीय बैंकले पुस २९ गते १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय