logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य


  • आइतबार, माघ ७ २०८०

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा ४०० रुपैयाँ बढेर कारोबारमा आएको जनाएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।

    यसबाहेक, आज चाँदीको मूल्यमा भने झनै गिरावट आएको छ । महासंघका अनुसार गत साताको शुक्रवारको तुलनामा आज ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । शुक्रवार सुनको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, आज १३ सय ९० रुपैयाँ कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय