logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुर्खेतमा यातायात व्यवसायीबिच झडप हुँदा तनावग्रस्त, दुई जना घाइते

सुर्खेतमा यातायात व्यवसायीबिच झडप हुँदा तनावग्रस्त, दुई जना घाइते


  • शनिबार, माघ ६ २०८०

  • सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीहरुबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिहरूबिच झडप भएको हो ।

    वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त यातायात व्यवसायीहरूका बिचमा झडप भएको प्रहरीको भनाई छ । शनिवार बिहान भिजिट कर्णाली यातायातका व्यवसायीहरूमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेको बुझिएको छ ।

    भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको उक्त प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । हातपातबाट भिजिट कर्णाली यातायातमा काम गर्ने दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

    घटनाको विषयलाई लिएर यतिबेला बसपार्क वरपरको क्षेत्र तनावग्रस्त छ । त्यहाँ ठुलो मात्रामा प्रहरीसमेत परिचालन गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय