logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टाइगर कप भलिबल : महिलातर्फ आर्मी तेस्रो

टाइगर कप भलिबल : महिलातर्फ आर्मी तेस्रो


  • शुक्रबार, माघ ५ २०८०

  • काठमाडौँ ।  पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरी आर्मी तेस्रो बनेको हो ।

    पहिलो सेट २५–१७ ले जितेको आर्मीले दोस्रो सेट १८–२५ ले गुमायो । त्यसपछिका दुवै सेट लगातार जितेको हो । तेस्रो सेट २५–२० र अन्तिम सेट २५–१९ स्कोरले आर्मी विजयी भयो ।  योसँगै आर्मीले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ । आजै पुरुषतर्फको सेमिफाइनल खेल हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय