logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रहरीको गोली लागेर मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग

प्रहरीको गोली लागेर मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग


  • बुधबार, माघ ३ २०८०

  • काठमाडौँ ।  मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादवले प्रहरीको गोली लागेर ज्यान गुमाएका लक्ष्मीमुखिया बिनको परिवारलाई १ लाख २५ हजार सहयोग गरेका छन् ।

    नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले बाराको सिम्रौनगढ नगरपालिका – १ निवासी बिनको परिवारलाई नगद सहयोग गरेका हुन् । मंसिर २७ मा शिक्षकहरुको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर बिनको  मुत्यु भएको थियो । मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

    कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भनबाट भएको घटना निन्दनीय भएको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय