logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विमानस्थल भन्सारमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्रको टोली परिचालित

विमानस्थल भन्सारमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्रको टोली परिचालित


  • बुधबार, माघ ३ २०८०

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । अर्थ मन्त्रालयको आग्रहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन् ।

    पुस २६ मा उपप्रधानमन्त्री श्रेष्ठले सो निर्णय गरेका हुन् । माघ १ बाट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टरको कमान्डमा टिम परिचालन भएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए । अर्थमन्त्री प्रकाश शरण महतले पुस १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदनशीलता र बढ्दो चुनौतीका कारण सशस्त्र प्रहरी परिचालन गरिदिन आग्रह गरेका थिए ।

    अर्थको आग्रह अनुसार गृह मन्त्रालयले सो निर्णय गरेको हो ।भन्सार चेकजाँचमा खटिने सशस्त्रको टिम प्रमुख भन्सार प्रशासकको पूर्ण नियन्त्रण र निर्देशनमा परिचालित हुने निर्णय गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय