logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ललितपुरमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

ललितपुरमा इनारमा खसेकी महिलाको सकुशल उद्धार


  • सोमबार, माघ १ २०८०

  • काठमाडौँ । ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले  बताए । सशस्त्र प्रहरी बल नम्बर–२१ दक्षिणकाली गणबाट खटिएको टिमको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको हो ।

    उद्धारमा नेपाल प्रहरी र नगर प्रहरीका सुरक्षाकर्मीहरु पनि खटिएका थिए ।दोलखा घर भएकी प्रधान ३० फिट गहिरो इनारमा खसेकी थिइन् । लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्ल्याबसँगै तल खसेकी हुन् । उद्धारपछि उनलाई पाटन अस्पतालमा लगिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय