logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खाजाघरमा बसेर जुवातास खेलिरहेका ७ जना पक्राउ

खाजाघरमा बसेर जुवातास खेलिरहेका ७ जना पक्राउ


  • सोमबार, माघ १ २०८०

  • काठमाडौँ । खाजा घरमा बसेर जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मिना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकर समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ हजार ९ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय