logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्थायी कमिटी बैठकअघि माओवादीको पदाधिकारी बैठक

स्थायी कमिटी बैठकअघि माओवादीको पदाधिकारी बैठक


  • शनिबार, पुष २८ २०८०

  • काठमाडौँ । पार्टीको विधान संशोधनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ । पार्टीको स्थायी कमिटी बैठक अघि पदाधिकारीहरू छलफलमा जुटेका हुन् । विधान संशोधनको मस्यौदा स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ ।

    पदाधिकारीपछि मस्यौदामाथि स्थायी कमिटीमा छलफल हुनेछ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।आजको बैठकमा यसै विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले रातोपाटीलाई बताए । आजको बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको पनि समीक्षा हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय