logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टका लागि भारतीय क्रिकेट टोलीको घोषणा

इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टका लागि भारतीय क्रिकेट टोलीको घोषणा


  • शनिबार, पुष २८ २०८०

  • काठमाडौं । इंग्ल्याण्ड विरुद्धको पाँच खेलको टेस्ट शृङ्खलाको पहिलो दुई खेलका लागि शुक्रबार राति भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ । भारतको १६ सदस्यीय टोलीमा तीन विकेटकिपर राखिएको छ ।

    तर इशान किशनले टोलीमा स्थान बनाउन सकेनन् । उनको स्थानमा उत्तर प्रदेशका विकेटकिपर ध्रुव जुरेललाई मौका दिइएको छ । तर, केएल राहुल मुख्य विकेटकिपरको भूमिकामा हुनेछन् । केएस भरत, अक्षर पटेल, मुकेश कुमार र आवेश खान पनि टोलीमा परेका छन् ।टोलीको कमान रोहित शर्माको हातमा हुनेछ । फास्ट बलर जसप्रित बुमराह उपकप्तान बनेका छन् ।

    रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), आर अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव (चार स्पिनर), जसप्रीत । बुमराह (उपकप्तान), मोहम्मद सिराज, मुकेश कुमार र आवेश खान (चार फास्ट बलर)।

    दुई टोलीबीचको पहिलो टेस्ट जनवरी २५ देखि हैदरावादमा हुनेछ । दोस्रो टेस्ट खेल फेब्रुअरी २ देखि विशाखापट्टनममा हुनेछ ।तेस्रो टेस्ट खेल १५ फेब्रुअरीदेखि राजकोटमा, चौथो खेल २३ फेब्रुअरीबाट राँचीमा र पाँचौं खेल ७ मार्चबाट धर्मशालामा खेलिनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय