logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

ट्याक्टरको ठक्करले एक बालकको मृत्यु

ट्याक्टरको ठक्करले एक बालकको मृत्यु


  • शुक्रबार, पुष २७ २०८०

  • काठमाडौं । ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार राति एक बालकको मृत्यु भएको छ । ठक्करले स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय