logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बम्जनको घरबाट तीन करोड भन्दा बढी नगद बरामद, म्याद थपका लागि आज अदालत लगिदै

बम्जनको घरबाट तीन करोड भन्दा बढी नगद बरामद, म्याद थपका लागि आज अदालत लगिदै


  • बुधबार, पुष २५ २०८०

  • काठमाडौं । हत्या, अपहरण र बलात्कारको आरोपमा पक्राउ परेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जनको निवासबाट ३ करोड रुपैयाँ भन्दा बढी नगद बरामद भएको छ ।

    बम्जनको घरबाट ३ करोड भन्दा बढी नेपाली रुपैयाँसहित विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको पुष्टि गरेको हो । उनको घर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा पनि भेटिएको छ ।

    बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् ।

    त्यस्तै उनको घरबाट १५ वटा मोबाइल, ल्यापटप र केही पेन ड्राइभ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लिटिल बुद्धका नामले परिचित बम्जन हिजो साँझ पक्राउ परेका थिए । बम्जनलाई आज अदालतबाट म्याद थप गराई थप अनुसन्धान गर्ने प्रहरीले तयारी गरेको छ । ४ वर्षको निरन्तर खोजीपछि बम्जनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

    उनी विभिन्न जिल्लाका जंगलमा आश्रम बनाएर बस्दै आएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय