logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीलाई अर्जुन पुरस्कार

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीलाई अर्जुन पुरस्कार


  • मंगलबार, पुष २४ २०८०

  • काठमाडौँ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीलाई मंगलबार राष्ट्रपति द्रौपदी मुर्मूले अर्जुन पुरस्कार प्रदान गरेकी छन् । राष्ट्रपतिले भारतका विभिन्न खेलाडीहरूलाई राष्ट्रिय खेल पुरस्कारबाट सम्मानित गरेकी हुन् । गत वर्ष आयोजित विश्वकपमा मोहम्मद शमीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    सन् २०२३ को एकदिवसीय विश्वकपमा उनले सात खेलमा कूल २४ विकेट हासिल गरे । शमीले १०१ एकदिवसीय खेलमा १९५ विकेट लिएका छन् । त्यस्तै, ६४ टेस्टमा २ सय २९ विकेट लिनुका साथै २३ टी–२० खेलमा २४ विकेट लिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय