logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने

काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने


  • मंगलबार, पुष २४ २०८०

  • काठमाडौँ । थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने भएको छ । पुस २९ र माघ १ गते मेला लाग्ने भएको हो । महोत्सवमा स्टल राख्नका लागि बुकिङ पनि खुल्ला गरेको छ ।

    पुस २९ गते जितामर्ना, रक्तदान कार्यक्रम हुने स्टल संयोजक चन्द्र प्रकाश चौधरीले बताए । स्टल बुकिङ यही पुस २७ गतेसम्म गरिने छ । हालसम्म ४० वटा बुक भइसकेको उनले जनाए । मेलमा ६० वटा थारु खानाका परिकारका स्टल ६० वटा रहने छ  भने, अन्य स्टल गरी ८० वटा स्टल सो मेलामा राखिने उनले बताए ।

    थारु कल्याणकारीणी सभा, थारु विद्यार्थी समाज लगायत विभिन्न थारु संघ संस्थाको संयुक्त आयोजनामा सो महोत्सव सञ्चालन हुन लागेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय