काठमाडौँ । माउन्टेन इनर्जी नेपालले लाभग्राही सेयर सदस्यलाई बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सम्बन्धित समाचार
थप